मङ्गलबार, असोज १२ २०७८ ०४:२४ PM

×

हिन्द टर्मिनलको रेल ९० कन्टेनर बाेकेर आयो नेपालतिर, पहिलाे पटक निजीकाे प्रवेश

images

हिन्द टर्मिनलको रेल ९० वटा कन्टेर बोकेर हल्दिया बन्दरगाहबाट नेपाल हिडेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौता गरे पछि पहिलो पटक निजी रेल सामान बोकेर नेपालतर्फ लागेको हो । 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कंकोरबाहेक अन्य रेलले पनि नेपालमा सामान ल्याउन सक्ने व्यवस्था भए पछि निजी रेलले मंगलबार हल्दिया बन्दरगाहबाट सामान लिएर छुटेको बताएको हो । बुधबार रेल वीरगंज आइपुग्दै छ ।  

 हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा  दिन थालेको हाे ।  नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य हाे । 

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महिनाअघि मात्रै सम्झौता संशोधन भएको थियो । त्यसपश्चात पहिलाे पटक निजी रेलबाट ढुवानी गर्न सकिएकाे मन्त्रालयका सचिव दिनेश भट्टराइले जानकारी  दिए । 

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् ।

बुधबार ३० भदौ २०७८ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया