बुधबार, साउन १३ २०७८ ०९:३२ AM

×

आज सुन प्रतितोला ५ सय रुपैयाँले बढ्याे

images

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ, तेजावी ९२ हजार ७ सय  रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सय रुपैयाँ, तेजावी ९२ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार ३१ असार २०७८ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया