मङ्गलबार, असोज १२ २०७८ ०५:१६ PM

×

गुण एयरलाइन्सले असोज १ गतेबाट उडान गर्दै, पहिलो उडान भरतपुर, त्यसपछि पोखरा

images

काठमाडौं । आफ्नै ब्राण्डमा फर्किएपछि गुण एयरलाइन्सले असोज १ गतेबाट पहिलो व्यावसायिक उडान सुरु गर्ने भएको छ । ५ वटा जेट स्ट्रिम जहाजसहित दुईवटा बिचक्राफ्ट रहेको गुणले व्यावसायिक उडानका लागि सबै प्रक्रिया पूरा गरेको जनाएको छ ।

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण श्रेष्ठले पहिलो चितवनको भरतपुर र त्यसपछि पोखरा उडान गर्ने जानकारी दिए । ‘हाम्रो पहिलो उडान भरतपुरमा बिहान १०.३० बजे हुनेछ, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, त्यसपछि पोखरा हुनेछ ।’

भरतपुरमा सुरुमा बिचक्राफ्टमार्फत उडान गर्ने र करिब एक सातापछि भने जेटस्ट्रिम जहाजमार्फत उडान गर्ने उनले जानकारी दिए । सुरुवाती उडान भएकाले अहिले नै दैनिक कति जहाज उडाउने भन्ने यकिन नभइसकेको बताउँदै यात्रुको मागअनुसार संख्या थप गर्दै जाने उनको भनाइ छ ।

एयरलाइन्सले काठमाडौंबाट तुम्लिङटार, सिमरा, भैरहवा, जनकपुर, नेपालगञ्ज र विराटनगरका लागि उडान गर्ने जनाएको छ ।

 

 

मङ्गलबार २९ भदौ २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया