मङ्गलबार, असोज १२ २०७८ ०५:१० PM

×

विकास बैंकहरु ऋण लगानीमा बने आक्रामक, एक सातामै गरे २८९ करोड 

images

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ऋण लगानीमा आक्रामक देखिएका छन् । एक साताको अवधिमा विकास बैंकहरुले २ अर्ब ८९ करोड १६ लाख रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

गत सातासम्म विकास बैंकहरुले ३ खर्ब ६८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो साता विकास बैंकहरुको कर्जा ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ थियो । अघिल्लो साताको तुलनामा ०.७९ प्रतिशत हो ।

कर्जा विस्तारमा आक्रामक देखिएका राष्ट्रियस्तरका विकास बैंकहरुले एक साताको अवधिमा ९८ करोड २१ लाख रुपैयाँ निक्षेप बढाएका छन् । यो अघिल्लो साताको तुलनामा ०.२४ प्रतिशतले बढी हो । 

गत साता विकास बैंकहरुले ४ खर्ब १७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन् । यस्तै अघिल्लो साता ४ खर्ब १६ अर्ब ३७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको विकास बैंक संघले जनाएको छ । 

यस्तै क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप भने २५ करोड घटेर ७१ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । ऋण लगानी २५ करोड ८२ लाख रुपैयाँले बढाएर ६७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यो तथ्यांकमा कर्पोरेट साहारा र साल्पा विकास बैंकको जोडिएको छैन। हाल देशमा १८ वटा विकास बैंक सञ्चालनमा छन् ।  


 

मङ्गलबार २९ भदौ २०७८ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया