मङ्गलबार, असोज १२ २०७८ ०४:५८ PM

×

एक वर्षमा साढे २४ लाख एफटीटीएच ग्राहक थपिए

images

काठमाडौं । पछिल्लो एक वर्षमा २४ लाख ५५ हजार ४ सय ७० सेवाग्राहीहरू एफटीटीएच सेवामा जोडिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मासिक रूपमा जारी गर्दै आइरहेको एमआईएस प्रतिवेदनका अनुसार एक वर्षभित्रमै साढे २४ लाखभन्दा धेरै प्रयोगकर्ता एफटीटीएच अर्थात् फाइबर टु दी होम सेवामा जोडिएका हुन् ।

गत वर्षको साउन महिनामा ४५ लाख ७१ हजार ६ सय ३७ प्रयोगकर्ता रहेको यस वर्षको असारमा आइपुग्दा सो संख्या बढेर ७० लाख २७ हजार १ सय ७ पुगेको छ ।

एफटीटीएचअन्तर्गत सेवा प्रयदाकहरूले परम्परागत तामाको तारलाई विस्थापन गरी घर घरमा अप्टिकल फाइबरको माध्यमबाट उच्च गतिको इन्टरनेट, टेलिफोन तथा नेट टिभीको सेवा पुर्याउँदै आइरहेको छ । हाल नेपाल टेलिकम र विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो ग्राहकहरूमाझ यो सेवा पुर्याउँदै आइरहेको छ ।

जसमा आईएसपीहरूले पछिल्लो एक वर्षमा २० लाख ७३ हजार ३ सय ८० जना ग्राहकमाझ एफटीटीएच पुर्याएर कुल ६४ लाख ३१ हजार २ सय १० ग्राहक संख्या पुर्याएको छ भने टेलिकमले ३ लाख ८२ हजार ९० ग्राहक एक वर्षमा थप गरी कुल ५ लाख ९५ हजार ८ सय ९७ जना ग्राहकमाझ सो सेवा पुर्याएको छ ।

एफटीटीएच पछिल्लो समय अत्यन्तै रुचाइएको फिक्स्ड ब्रोडब्याण्ड प्रविधि हो ।

 

मङ्गलबार २९ भदौ २०७८ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया