बुधबार, साउन १३ २०७८ ०९:५५ AM

×

विद्यार्थी संगठनको दबाबपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि इन्धनको मुल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं  मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । बुधबार राति १२ बजेदेखि नयाँ मूल्य कार्यान्वयनमा आउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले लागत बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपरेको उनको भनाइ छ।  

पेट्रोल तथा डिजेल मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ । 

बुधबार ३० असार २०७८ ०९:५३ PM मा प्रकाशित

प्रतिक्रिया