बुधबार, साउन १३ २०७८ १०:३३ AM

×

युनाइटेड फाइनान्स नबिल बैंकमा समाहित भएपछि अजय मिश्र बने नर्भिक अस्पतालको सीईओ 

images

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय मिश्र नियुक्त भएका छन् । युनाइटेड फाइनान्स नबिल बैंकमा समाहित भएपछि उनी नर्भिकको सीईओ बनेका हुन् । यसअघि उनी युनाइटेडको सीईओ थिए ।

फाइनान्सलाई नबिलमा समाहित गराएर उनी बाहिरिएका हुन् । फाइनान्समा वसन्तकुमारी चौधरीको लगानी थियो । नर्भिकमा पनि उनको मुख्य लगानी रहेकाले मिश्रलाई सीईओ बनाएका हुन् । 

नर्भिक इन्टरनेसनल हस्पिटलले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न नर्भिक पब्लिक कम्पनीमा रूपान्तरण भएको छ ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।

योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।
 

बुधबार ३० असार २०७८ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया