बुधबार, साउन १३ २०७८ ०९:४५ AM

×

नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार बनाउने हुन्डाई घोषणा 

images

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भेहिकलका  क्षेत्रमा ठूलो कदम चालिरहेको छ ।

नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आइनो नामक दुई मोडलहरू छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुबै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए ।

यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको बिक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरण बारे सचेत भएका छन् । उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो ।

सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो । यद्यपि, हालै आर्थिक वर्ष ०७८/०७९ का लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ ।

यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ ।  हाल हुण्डाइ कोना १००– केभीको मूल्य ५६ लाख ९६ हजार र कोना–१५० किलोवाट ब्याट्रीको मूल्य ७१ लाख ९६ हजार र इन्को–१०० किलोवाट ब्याट्रीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले  आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरुका लागि अत्यन्तै जरुरी  चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ । हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म  २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ ।

यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई  निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीले जनाएको छ ।  
 

सोमबार ३१ जेठ २०७८ ०६:५९ AM मा प्रकाशित

प्रतिक्रिया