बुधबार, साउन १३ २०७८ ११:१८ AM

×

उपत्यकामा पानी वितरणको तालिका फेरियो, अब भक्तपुरमा ४ दिन र   ललितपुरमा १२ दिन बिराएर पानी आउने

images

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकाले पानी आउने  तालिकामा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

मेलम्चीको मर्मत नसकिएसम्मका लागि बदलिएको खानेपानीको तालिका लागू हुने लिमिटेडले जनाएको छ । मेलम्ची आयोजनाका अनुसार मर्मत संहारका लागि २ महिना लाग्ने अनुमान गरिएको छ । 

नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिनेछ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्तिअनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

साे तालिका अनुसार बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयूकेएलले जनाएको छ ।

सोमबार ३१ जेठ २०७८ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया