×

काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता 

images

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म ७५ मत गन्दाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार मेयर पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाहले २२ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १३ मत पाएका छन् । राप्रपाका मेयर पदका उमेदवार मदनदास श्रेष्ठले तीन मत ल्याएका छन् ।

शनिबार ३१ बैशाख २०७९ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया