काठमाडौं । मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।
विजयी भएका गुरुङले ८२० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार मनबहादुरले ६४६ मत पाए ।
यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भएका छन् । उनले ९१३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अर्भिन गुरुङले ४९६ मत पाए ।
प्रतिक्रिया