×

बुटवल उपमहानगरपालिकामा दोब्बर मतका साथ कांग्रेस अघि 

images

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोब्बर मतले अघि देखिएका छन् । वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।

अघिल्लो पटक मेयर जितेको एमाले अहिलेसम्म बुटवलमा तेस्रो स्थानमा छ। एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्।

शनिबार ३१ बैशाख २०७९ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया