काठमाडौं । हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले सुरूआती अग्रता लिएका छन्।
सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी मिनाकुमारी लामाले १०९ मत पाएकी छन्। उनलाई नेकपा एमालेका अनन्त पौडेलले १०४ मतसहित पछ्याइरहेका छन्।
यस्तै राप्रपाका दीपकबहादुर सिंहले ५४ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका राजेश बानियाँले १३४ मत पाउँदा एमालेका सुमित्रा काफ्लेले १२४ मत पाएकी छन्। यस्तै राप्रपाकी ईन्दिरा न्यौपानेले १७ मत पाएकी छन्।
प्रतिक्रिया