सोमबार, माघ ३ २०७८ १०:५४ AM

×

सेञ्चुरी क्यापिटल मार्केट्सको  कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त

images

काठमाडाैं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्ने छन् । 

 रमेशकुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रही बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनले सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकका रुपमा चिनिन्छन् ।  

शुक्रबार​ ३० पुस २०७८ ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया