बुधबार, कात्तिक ३ २०७८ १०:०९ AM

×

२४ घण्टामा ३६५ संक्रमित थपिए, ४ जनाको मृत्यु 

images

काठमाडौं । नेपालमा थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ सय ६५ जनाको नतिजा पोजिटिभ आएको हो ।

३ हजार ६ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय २६ र १ हजार ९ सय २३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

बुधबार २७ असोज २०७८ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया