अहिले श्रीलंकाले चरम उर्जा संकटको सामना गरिरहेको छ । यस्तो बेला भारत सरकार स्वामित्वको पीटीसी इन्डिया लिमिटेड दक्षिणी छिमेकीलाई बिजुली आपूर्ति गर्न इच्छुक छ । यद्यपि दुई राष्ट्रहरू बीचको सबसी केबलको अभावले बिजुली आपूर्तिमा अवरोध खडा गरेको छ । सबसी केबलको व्यवस्था भएमा पीटीसी इन्डियाले नेपाल र भुटानबाट बिजुली किनेर श्रीलंकासम्म आपूर्ति गर्न जानकारी गराएको छ ।
पीटीसीका अध्यक्ष र प्रबन्ध निर्देशक राजीवकुमार मिश्र श्रीलंकालाई सबसी केबल निर्माण गर्न परामर्श सेवाहरू पनि उपलब्ध गराउन सक्ने बताउँछन । यस्तै नेपाल र भुटानमा जलविद्युत विकास तीव्र गतिमा भइरहेको छ । नेपाल र भुटानको बिजुली आयात गरेर भारतले ठूला लाभ लिन सक्ने देखिएको छ । भारतको सरकारी कम्पनी पीटीसीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मिश्रसँग लाइभ मिन्टले गरेको कुराकानी:
भारतको छिमेकी राष्ट्रहरूसँग राम्रो गठबन्धन छ । यद्यपी, अहिले अन्तर्राष्ट्रिय स्तरमा कस्ता घटनाक्रमहरु भइरहेका छन ?
नेपाल र भुटानमा आउँदै गरेको ऊर्जाको नयाँ पुस्ताको क्षमता पीटीसीक लागि मात्र नभई सम्पूर्ण देशका लागि धेरै लाभदायक र महत्वपूर्ण हुनेछ । भारतमा धेरै नवीकरणीय ऊर्जा आपूर्ति हुने अवस्था आउँदैछ । भारतमा जुन ऊर्जाको स्रोतहरु आउने छन ति सबै नवीकरणीय हुने छन । नविकरणीयको आफ्नै समस्याहरू छन ।
जस्तै, दिनको समयमा तपाईंसँग नवीकरणीय ऊर्जाको स्रोत छ । तर, जब तपाईंलाई प्रकाश र अन्य आवश्यकताहरूको लागि बिजुली चाहिन्छ, तपाईंसँग सौर्य भएर मात्र हुँदैन । त्यसका लागि केही पूरक शक्ति चाहिन्छ । या त त्यो ग्यास आधारित हुन सक्छ, वा हाइड्रो हुन सक्छ कित तपाईं थर्मल ऊर्जाको प्रयोग गर्न सक्नुहुन्छ । थर्मल पूरक हुन सक्छ ।
जलविद्युतमा नवीकरणीय ऊर्जाको पूरक हुने प्रचुर सम्भावना छ । त्यसैले नवीकरणीय ऊर्जालाई पूरक बनाउन भुटान र नेपालमा उत्पादित बिजुली देशका लागि ठूलो सहयोगी हुनेछ । पीटीसीले देशमा त्यो शक्ति ल्याउन सबै प्रयास गरिरहेको छ । र, यो हुन्छ भनेर हेर्न कोशिस भइरहेको छ । हाम्रो पछिल्लो मूल्यांकनअनुसार आगामी ५ वर्षमा नेपालबाट झण्डै ३ हजारदेखि ५ हजार मेगावाट आउने छ । त्यसैगरी भुटानबाट २ हजारदेखि ४ हजार मेगावाट पाइपलाइनमा छ ।
अहिले ऊर्जा संकटको सामना गरिरहेको श्रीलंकाका लागि तपाईंसँग कुनै योजना छ ?
हामी पक्कै पनि श्रीलंकालाई बिजुली आपूर्ति गर्न इच्छुक छौं । तर, श्रीलंका अहिले भारतसँग जोडिएको छैन । श्रीलंकालाई ऊर्जाको अत्यन्तै खाँचो छ र भारतले उनीहरूलाई आफ्नो क्षमताले सकेसम्म आपूर्ति गर्न सक्थ्यो । सबसी केबलको कारणले संभव भएको छैन । श्रीलंकालाई हामी सहयोग गर्न इच्छुक छौं । ताकि परियोजनाको व्यवहार्यता कायम राख्न सकियोस ।
हामी श्रीलंकाका अधिकारीहरूसँग सम्झौता गर्न सक्छौं । त्यसको आधारमा व्यवहार्यता प्रमाणित गर्न सकियोस । हामी पनि सबसी केबलमा परामर्शका सहयोग गर्न सक्छौं।
पीएफएस विरुद्ध गलत शासनको आरोप लगाइएको थियो। ऋणदाता र कम्पनीको जोखिम व्यवस्थापन समितिले क्लिनचिट दिए पनि यस विषयमा पीटीसीको बोर्डमा भिन्नता देखिएको छ । यसमा तपाईको विचार के छ ?
पीटीसी भारतको एक राम्रो कम्पनी हो, जसले धेरै राम्रो काम गरिरहेको छ । होल्डिङ कम्पनी पीटीसीको सवालमा हामीले सुशासनका साथ आज हामी जुन स्तरमा छौँ त्यसमा पुग्न सक्छौं भनी निरन्तर रूपमा देखाएका छौं ।
जहाँसम्म पीटीसीको सम्बन्धमा जे कुराहरु आएका छन पूर्ण रूपमा असत्य छन । किनभने यो पीटीसीसँग सम्बन्धित छैन । पीटीसी व्यापारिक संस्था हो । जहाँ हाम्रो नियामक केन्द्रीय विद्युत नियमन आयोग (सीईआरसी) हो ।