बुधबार, साउन १३ २०७८ ०८:५९ AM

×

सरकारको प्रवक्तामा ज्ञानेन्द्रबहादुर कार्की

images

काठमाडौं।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रवत्ता बनाएको हो ।  प्रधानमन्त्री देउवासहित चारजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिमण्डलमा गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्रीमा कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्माले शपथ लिएका छन् । 

मङ्गलबार २९ असार २०७८ १०:०७ PM मा प्रकाशित

प्रतिक्रिया