सोमबार, माघ ३ २०७८ ०९:३३ AM

×

नगद लाभांश वितरण नगर्न जीवन बिमा कम्पनीहरुलाई समितिको निर्देशन

images

बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई नगद लाभांश घोषणा तथा वितरण नगर्न निर्देशन दिएको छ । अब अर्को व्यवस्था नहुँदासम्म जीवन बिमा कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश घोषणा गर्न पाउने छैनन् ।

समितिका अनुसार बिमकले भविश्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्नसक्ने थपजोखिम बहन गर्न पुँजी कोषलाई सबल बनाउनका लागि नगद लाभांश वितरणमा रोक लगाइएको हो ।समितिले यसअघि निर्जीवन बिमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ । 

बिहीबार २९ पुस २०७८ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया