सोमबार, माघ ३ २०७८ ०९:२६ AM

×

रेमिट्यान्स ६.८ प्रतिशतले घट्दा पुनः श्रम स्वीकृति लिनेको संख्यामा २९६ प्रतिशतको वृद्धि

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ५ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स ६.८ प्रतिशतले घटेको जनाएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गत वर्षको सोही अवधिमा रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण ७८.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १ लाख ३१ हजार ८२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीकाा लागि पुनःश्रम स्वीकृति लिनेको नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले बढेर ९९ हजार ५८० पुगेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ पुगेकोमा गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफलर ८.५ प्रतिशतले बढेको थियो ।

बिहीबार २९ पुस २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया