बुधबार, साउन १३ २०७८ १०:४७ AM

×

भेनेजुयला बन्यो सबैभन्दा बढी पेट्रोलियम पदार्थ सञ्चित गर्ने मुलुक, ३०४ अर्ब ब्यारेल रहेको अनुमान 

images

एजेन्सी । विश्वमा खनिज इन्धन (पेट्रोलियम पदार्थ) को सञ्चिति १६ खर्ब ५० अर्ब ब्यारेल रहेको अनुमान गरिएको छ । वर्तमान मागलाई आधार मान्दा यो सञ्चितिले आगामी ४७ वर्षलाई पुग्नेछ । कुल सञ्चितिमध्ये १४ मुलुकहरूले हिस्सा सबैभन्दा बढी देखिएको छ ।

यी मुलुकहरूको सञ्चित हिस्सा ९३.५ प्रतिशतभन्दा बढी रहेको छ । सबैभन्दा बढी कच्चा पेट्रोलियम सञ्चिति ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाको छ ।

भेनेजुयलामा तेलको भण्डार विश्वको १७.८ प्रतिशत अर्थात ३ खर्ब ४ अर्ब ब्यारेल रहेको छ । दोस्रोमा साउदी अरेबिया रहेको छ । उसको हिस्सा १७.२ प्रतिशत अर्थात २ खर्ब ९८ अर्ब ब्यारेल रहेको छ । 

तेस्रोमा क्यानाडाको छ । क्यानाडाको हिस्सा ९.८ प्रतिशत अर्थात १  खर्ब ७० अर्ब ब्यारेल छ । त्यसपछि इरानको ९ र इराकको ८.४ प्रतिशत रहेको छ । 

यस्तै रसिया, कुवेत संयुक्त अरब इमिरेट्स, अमेरिका, लिविया, नाइजेरिया, काजकास्तान र कतार छन् । १४ वटा मुलुकसँग १७ खर्ब ३० अर्ब ब्यारेल तेल सञ्चिति रहेको छ । 

भेनेजुयलाको तेलको सञ्चिति बढी भए पनि उत्पादनको हिसाबले कम देखिएको छ । कच्च तेल प्रशोधन कम भएपछि उसको सञ्चिति बढी देखिएको हो ।

अमेरिकाले आर्थिक नाकाबन्दी गरेपछि भेनेजुयलाले पर्याप्त मात्रामा तेल बेच्न पाएको छैन । सबैभन्दा बढी तेल उत्पादन गर्नेमा अमेरिका, साउदी अरेबिया र रसिया छन् । विश्वमा दैनिक ७ करोड ५० लाख ब्यारेल तेल उत्पादन हुने गरेको छ । 

विश्वको ७० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ उत्पादन गर्नेमा तेल निर्यात मुलुकहरूको संगठन (ओपेक) रहेको छ । तेलको प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन बढेपछि युरोप र अमेरिकालगायत चीन र जापानले नवीकरणीय ऊर्जामा जोड दिन थालेका छन् । विस्तारै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधान विस्थान हुन लागेको छ । 


 

शनिबार २९ जेठ २०७८ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया