बुधबार, साउन १३ २०७८ ०९:४२ AM

×

विश्व बैंकले शिक्षाको गुणस्तर सुधारका लागि नेपाललाई ६ करोड डलर सहयोग गर्ने

images

काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले अनलाइन शिक्षाको स्तर बढाउन, उच्च शिक्षाको गुणस्तर सुधार र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त सहयोग गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सो सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फरिस हदद–जर्भोसले बताए ।

शनिबार २९ जेठ २०७८ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया