बुधबार, कात्तिक ३ २०७८ ०९:१७ AM

×

निफ्राले गर्यो लाभांशमा संशोधन १६० करोडको बोनस सेयर दिने प्रस्ताव 

images

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश प्रस्तावलाई संशोधन गरेको छ । यसअघि बैंकले सेयरधनीहरुलाई ८.५ प्रतिशत अर्थात १ अर्ब ६८ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि यसलाई परिमार्जन गरी बोनस सेयर दिने प्रस्ताव केन्द्रीय बैंकमा पेश गर्न लागेको हो ।

निफ्राले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।  राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएपछि साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निफ्राले जनाएको छ । बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि निफ्राको चुक्तापुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।   


 

सोमबार २५ असोज २०७८ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया