×

कृष्णहरि पुष्कर बने अर्थसचिव, राजश्व सचिवको जिम्मेबारी रामेश्वर दंगालले पाए

images

काठमाडौं । सरकारले रिक्त अर्थ सचिवको जिम्मेबबारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्त गरेको हो । पुष्कर अर्थ मन्त्रालयमा राजश्वसचिव थिए ।

सरकारले तत्कालिन अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।

बिहीबार २६ साउन २०७९ ०७:१६ PM मा प्रकाशित

प्रतिक्रिया