×

अभियान लघुवित्तको प्राथमिक सेयर सोमबार बाँडफाँट हुने

images

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) साउन ३० गते बाँडफाँट हुने भएको छ । 

लघुवित्त संस्थाले सर्वसाधारण लगानीकर्ताको लागि बिक्री गरेको आईपीओ सोमबार बाँडफाँट गर्न लागेको हो । 

लघुवित्तको आईपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको छ ।

लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरिन्छ । जसअनुसार ९१ हजार ३७५ जनाले मात्रै सेयर पाउने छन् ।

 

बिहीबार २६ साउन २०७९ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया