×

ग्रिन टायर उद्योगले ल्यायो सेर्पा ब्रान्डमा ‘एग्रिकल्चर टायर’, कृषिलाई सुहाउँदो हुने दाबी

images

काठमाडौं । ग्रिन टायर उद्योगले सेर्पा ब्रान्डमा ‘एग्रिकल्चर टायर’ उत्पादन गरेको छ । विगत ६ वर्ष अघिबाट सञ्चालनमा आएको सो उद्योगले नेपाली कृषिलाई सुहाउने खालको टायर उत्पादन गरेको दाबी गरेको छ । 

‘मेरो देश, मेरै उत्पादन’ अभियान‘ भन्ने नाराका साथ निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा २०७३ सालदेखि सञ्चालनमा आएको सो टायर उद्योगले स्थापनाकालमा टु हुइलरस र थ्री हुइलरसबाट उत्पादन सुरु गरेको हो । 

१ सय जना भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको सो उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको जनाएको छ। उद्योगले पछिल्लो उत्पादनको रुपमा एग्रिकल्चर सेगमेन्ट अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि सेर्पा ब्रान्डका भूमि,सारर्थी मोडलका ठूला र साना टायरहरु उत्पादन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मोडलहरु अन्तर्गत यस कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको जानकारी गराएको छ । कम्पनीका उत्पादित टायरहरुमा बढी ट्रेक्सन र ग्रीप रहेको छ साथै बढी एनएसडि पनि रहेको उल्लेख छ । 

नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरी यस कम्पनीको कार्य उदाहरणीय रहेको विज्ञप्तीमा उल्लेख छ। साथै नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याउन थालेको जनाएको छ ।  कम्पनीले उक्त टायरहरु सजिलै ग्राहकहरुको माजमा पुर्याउन नेपाल भरि डिलरसिपको आवेदन दिन आव्हान गरेको छ ।

दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडि बढेको यस कम्पनीले आफ्ना उत्पादनहरुको तौल, माइलेज, क्वालीटी, फिनिसिङ्ग लगायत सबै कुरामा विशेष ध्यान दिएकोे जनाएको छ । कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ्ग वारेन्टी रहेको तथा कम्पनीले आइएसओ मापदण्ड अनुसार उत्पादन गरीएको जनाएको छ ।  

साथै, ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तिन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको जनाएको छ । त्यसैगरि, आगामी दिनमा कर्मसिर्यल हेबि इक्युपमेन्ट, ट्रक टायरलगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको बताइएको छ ।


 

बिहीबार २६ साउन २०७९ ०६:५२ PM मा प्रकाशित

प्रतिक्रिया