×

प्रभु बैंक, होटल ग्राण्ड साम्बाला र मुक्तिनाथकाबीच आकर्षक छुट दिने सम्झौता 

images

काठमाडौं । प्रभु बैंक र होटल ग्राण्ड साम्बाला र मुक्तिनाथबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।  बिहिबार कार्यक्रमको आयोजना गरेर सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रालिका तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र प्रालिबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरेका ग्राहकलाई होटल ग्राण्ड साम्बाला प्रालि, मुक्तिनाथद्धारा सञ्चालित 'फुड','वेभरेज' र 'लजिङ्ग'  सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।  

सम्झौताअनुसार होटल ग्राण्ड साम्बाला, मुक्तिनाथमा सुविधा लिन चाहनेले प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बालाका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने छन् ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ । 
 

बिहीबार २६ साउन २०७९ ०९:३६ PM मा प्रकाशित

प्रतिक्रिया