एजेन्सी । चाङ झाओ कुनै बेला म्याकडोनाल्ड्समा बर्गर ब्वाईका रुपमा काम गर्थे । तर, अहिले उनको परिचय फेरिएको छ । बर्गर ब्याईबाट उनी एसियाका धनी व्यक्ति बनेका छन् ।
ब्लुमबर्गका अनुसार झाओको नेटवर्थ रियालन्स इन्डस्ट्रिजका अध्यक्ष एवम् एसियाकै धनी मुकेश अम्बानीको भन्दा बढी छ ।
झाओ विश्वको ठूलो क्रिप्टो एजेन्सी बाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनले सन् २०१७ मा यसको सुरुवात गरेका थिए ।
तर, साढे चार वर्षमा उनी एसियाका धनी व्यक्तिहरुमध्ये एक बने ।
अम्बानीको भन्दा बढी नेटवर्थ
ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार झाओको नेटवर्थ ९६ अर्ब डलर रहेको छ । जबकि अम्बानी नेटवर्थ ९३.३ अर्ब डलर । ब्लुमबर्गले पहिलोपटक ४४ वर्षीय झाओको नेटवर्थ अनुमान गरेको छ । तर, यसभन्दा बढी हुन सक्ने बताएको छ । यसकारण यसमा उनको क्रिप्टो होल्डिंग्सलाई समावेष्ट गरिएको छैन ।
झाओको बिटक्वाइन र आफ्नो कम्पनी क्रिप्तो बाइनान्समा ठूलो सेयर रहेको छ । गत वर्ष बाइनान्स क्वाइनमा १३०० प्रतिशले वृद्धि भएको थियो ।
बिल गेट्सको जति सम्पत्ति
झाओको पर्सनल क्रिप्टोकरेन्सी होल्डिंग्सको पनि हिसाब गर्ने हो भने उनको नेटवर्थ फेसबुकका सीईओ मार्क जुकरबर्ग र गुगलका संस्थापक लेरी पेज र सर्गेई ब्रिनभन्दा पनि बढी हुन जान्छ । उनको नेटवर्थ माइक्रोसफ्टका फाउन्डर बिल गेट्सकै हाराहारीमा हुन्छ ।
गेट्स अहिले विश्वका चौथो धनी व्यक्ति हुन् । उनको नेटवर्थ १३४ अर्ब डलर छ ।
स्वागत–सत्कारमा अरबका शेखहरू
अरबका केही शेखहरुले झाओको स्वागत–सत्कार गर्नुलाई स्वयम् सम्मानित भएको महसुस गर्छन् । ‘अबुधाबी ग्रान्ड प्रिक्स’ मा अरबका राजकुमार, मुभी स्टार्स र विश्वभरका गन्यमान्य हस्तिहरु यस् आइल्यान्डमा जमघट गर्छन् । गत महिनाको पार्टीमा झाओ पनि त्यहाँ देखिएका थिए । युएईमा उनको लगाव बढ्दै गइरहेको छ । त्यहाँको सरकारले पनि बाइनान्स एक्स्चेन्जलाई त्यहाँ लैजान खोजेको र यसका लागि उनलाई फकाइरहेको बुझिएको छ ।
कसरी भयो सुरुवात ?
झाओले क्रिप्टोमार्फत पैसा बनाउने काम सन् २०१३ मा सांघाईमा गरे । उनी बीटीसी चाइनाका सीईओ बबी ली र इनभेस्टर रन काओसँग गेम खेलिरहेका थिए । दुवैले उनलाई आफ्नो नेटवर्थमा १० प्रतिशत सेयर हाल्न अनुरोध गरे । तर, झाओ तत्काल राजी भएनन् । केही समयपछि उनले अध्ययन गरे र क्रिप्टोको संसारमा छलाङ मारे ।
कतिसम्म भने बिटक्वाइनका लागि उनले अपार्टमेन्टसमेत बेचिदिए
२०१७ मा बाइनान्स स्थापना
क्रिप्टोको संसारमा सीजेड नामबाट चर्चित झाओको करियरमा टर्निङ प्वाइन्ट भने २०१७ मा आयो । उनले हातमा आफ्नो कम्पनीको ट्याटु पनि बनाएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । अहिले विश्वकै सफल क्रिप्टो एक्स्चेन्ज मानिन्छ यो ।
गत वर्ष बाइनान्सले २० अर्ब डलरको रिभेन्यु जुटायो । यो पब्लिकली ट्रेडेड कम्पनी क्वाइनबेस ग्लोबस इन्सभन्दा तीन गुणा हो ।
कम्पनीबारे विवाद
बाइनान्सको स्थापनमा चीनमा भएको थियो । तर, आज चीनको यसको मूल्य छैन । यस्तै विश्वभरमा यसविरुद्ध रिग्युलेटरी जाँच चलिरहेको छ । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस एन्ड इन्टरनल रिभेन्यु सर्भिसले यसबारे जाँच गरिरहेको छ । बेलाबेला कम्पनीबारे मनी लन्ड्रिङ तथा ट्याक्स चोरीको आरोप लाग्दै आइरहेको छ ।
गत वर्ष बाइनान्सले २० बिलियन डलर रिभेन्यु तिर्यो ।
तर, यसले भविष्यमा विश्वको रेग्युलेटर्सको नियम पालन गर्छ कि गर्दैन भन्ने कुरा मुख्य हो । अहिले त कम्पनीमा पैसा फलिरहेकै छ ।