बुधबार, कात्तिक ३ २०७८ ०९:२६ AM

×

नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा,अब को आउँला ?

images

काठमाडौं । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फि विरोध भएपछि नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री  गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

उनले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।  हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन् ।

उनले राजीनामा दिएसँगै अब नयाँ मन्त्रीका रुपमा को आउने भन्ने विषयमा चर्चा सुरु भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उद्योगमन्त्री हमाल प्रधानन्यायाधीशको कोटामा नभई कांग्रेसको तर्फबाट मन्त्री बनेको बताएका थिए ।

 

आइतबार​ २४ असोज २०७८ १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया