बुधबार, कात्तिक ३ २०७८ ०९:०६ AM

×

१० वर्षपछि चिनियाँ कम्पनीको चेरी टिगो फोर प्रो नेपाल आइपुग्यो, दसैं लगत्तै लञ्च गर्ने तयारी 

images

काठमाडौं । चिनियाँ अटोमोबाइल्स कम्पनीको उत्पादन चेरी टिगो फोर प्रो नेपालमा आइपुगेको छ । उक्त गाडी आइतबार वीरगंज आइपुगेको हो ।  चेरीको नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुपले उक्त नेपालमा ल्याइपुर्याको हो । उक्त गाडी दसैं लगत्तै लञ्च गर्ने तयारी छ । 

नेपालको प्रतिष्ठित व्यावसायिक घराना शारडा ग्रुपअन्तर्गतको एसपिजी अटोमोबाइल प्रालि अधिकारिक वितरक हो । नेपालमा दोस्रो पटक चेरीलाई भित्र्याएको हो । यसअघि बतास ग्रुपले नेपालमा उक्त गाडी ल्याएको थियो । 

अत्याधुनिक फिचर, आकर्षक डिजाइन र कम मूल्यको कारण चिनियाँ गाडीको नेपालमा लोकप्रियता बढिरहेको छ । एसपिजीले पहिलो पटक नेपाल भित्र्याएको चेरी फोर प्रो १५०० सीसीको पेट्रोल गाडी हो । यसकाे मूल्य सार्वजिक भएकाे छैन । 

आइतबार​ २४ असोज २०७८ ०६:२५ PM मा प्रकाशित

प्रतिक्रिया