×

बुधबार नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम 

images

काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २ हजार ५७.६८ बिन्दुमा झरेको छ । 

बुधबार २ हजार ६४ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर २०५७.६८ बिन्दुमा झरेर बन्द भएको छ। उच्च अंकले घटेको बजारमा करिब दुई अर्बको कारोबार भएको छ । बुधबार नेप्से उच्च २ हजार ७४ बिन्दु र न्यून २ हजार ४२ बिन्दुमा झरेको थियो ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा २ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

यो साता नेप्से परिसूचक निरन्तर घटेको छ। अघिल्लो साता २११३ बिन्दुमा बन्द भएको नेप्से यो साता चार कारोबार दिनमा ६७ अंकले घटेको छ । बुधबार नेप्सेमा २ सय १८ कम्पनीको ४६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

बुधबार नेप्से कारोबारमा आएका २१८ कम्पनीमध्ये ५६ कम्पनीको सेयरमूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । अन्य ७ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको छ । 

नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, युनिलिभर नेपालको ४.३० प्रतिशतले सेयरमूल्य बढेको छ । 

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९.९९ प्रतिशत र हिमालयन पावर पाटर्नर कम्पनीको ३.७२ प्रतिशतले सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा नागरीक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, शिवम सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

बुधबार २५ साउन २०७९ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया