×

२७५ करोडको प्रस्ताव परेपछि फूलबारी रिसोर्टको लिलामी रद्द, नेपाल बैंकले फेरि बोलपत्र गर्ने  

images

काठमाडौं । असूल गर्नुपर्ने भन्दा कम रकमको प्रस्ताव परेपछि नेपाल बैंकले पोखरामा रहेको पाँचतारे फूलबारी रिसोर्टको बोलपत्र रद्द गरेको छ । बैंकले पुनः लिलामी प्रक्रिया अघि बढाउने भएको छ ।

images

उच्च अदालतले दिएन अन्तरिम आदेश, फूलबारी रिसोर्ट लिलाम गर्न नेपाल बैंकलाई खुल्यो बाटो 

उच्च अदालतका न्यायाधीशद्धय महेशप्रसाद पुडासैनी र नारायणप्रसाद पौडेलको इजालसले मंगलबार अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेपछि फूलबारी रिसोर्ट लिलामीको प्रक्रिया अघि बढाउन नेपाल बैंकलाई बाटो खुलेको हो ।

रिसोर्ट तथा जग्गा खरिदका लागि एलिमेच इन्टरनेशनलले २ अर्ब ७५ करोड रुपैयाँको मात्र प्रस्ताव पेस गरेपछि बोलपत्र रद्द भएको हो। रिसोर्टको सम्पत्ति किन्न एलिमेचको मात्र प्रस्ताव परेको थियो ।

images

फूलबारी रिसोर्ट लिलामी अदालतमा, धितो बेच्न नेपाल बैंकलाई खुल्ला बाटो ?

नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी साढे ३ अर्ब रुपैयाँ बढी भइसकेको छ । अमात्य २४ वर्षदेखि कालोसूचीमा पर्दै आएका छन् ।

बैंकले अमात्य ग्रुपको सो रिसोर्टबाट साँवा र ब्याज गरी ४ अर्ब ४७ करोड रुपैयाँ ऋण उठाउन बाँकी छ । यो २०७६ कात्तिकसम्मको ऋण मात्र हो । त्यसपछि कर्जाको ब्याजदर थपिएको छ ।

images

साढे ३ अर्ब ऋण नतिरेपछि पोखराको फूलबारी रिसोर्ट चढ्यो लिलामीमा

होटलले नेपाल बैंकका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम (राष्ट्रिय वाणिज्य बैंक) र कर्मचारी सञ्चय कोषबाट  लिएको ऋण र सोको सावाँ र ब्याज गरी ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ ।  ।

असुल गर्नुपर्ने ऋण भन्दा कम दर प्रस्ताव भएपछि यसलाई रद्ध गरी पुनः बोलपत्र आब्हान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए । उनले रिसोर्ट बिक्रीका लागि छिट्टै बोलपत्र आब्हान गर्ने जानकारी दिए । 

नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी साढे ३ अर्ब रुपैयाँ बढी भइसकेको छ । दि फूलबारी लिमिटेडका अध्यक्ष पीयुषबहादुर अमात्य २४ वर्षदेखि बैंकको कालोसूचीमा पर्दै आएका छन ।

उच्च अदालतका न्यायाधीशद्धय महेशप्रसाद पुडासैनी र नारायणप्रसाद पौडेलको इजालसले गत मंगलबार अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेपछि फूलबारी रिसोर्ट लिलामीको प्रक्रिया अघि बढाउन नेपाल बैंकलाई बाटो खुलेको थियो । 

बैंकले लिलामी प्रक्रिया अघि बढाएपछि फूलबारी रिसोर्टका अध्यक्ष अमात्यले लिलामी रोक्न अन्तरिम आदेशको माग गर्दै साउन ५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

सोही दिन उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले लिलामी प्रक्रिया अघि नबढाउन अन्तरकालीन आदेश दिँदै साउन १५ गते आइतबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो । नेपाल बैंकले रिसोर्ट तथा अमात्य र उनका श्रीमति गंगा अमात्यले ऋण लिँदा लिखतनाम गरेको धितो बिक्री गरी ऋण असुली गर्न लागेको हो ।

नेपाल बैंकले असार ३ गते फूलबारी रिसोर्ट सञ्चालक अमात्य र उनका श्रीमती गंगा अमात्यले लिखतनामा गरेको धितो लिलामीको सूचना प्रकाशित गरेको थियो ।

नेपाल बैंकले पोखरा महानगरपालिका १५ मा रहेको रिसोर्ट तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुरको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्न लागेको हो ।

नेपाल भ्रमण वर्ष १९९८ लाई लक्षित गरी अमात्य ग्रुपको ड्रिम प्रोजेक्ट फूलबारी रिसोर्ट सञ्चालनमा आएको हो । माओवादीको सशस्त्र द्वन्द्व कालमा आएको रिसोर्टले राम्रो व्यापार गर्न सकेन । ऋण नतिरेपछि बैंकले २०५८ मा नै रिसोर्टलाई कालोसूचीमा राखेको थियो । 

रिसोर्ट सञ्चालन गर्ने र ऋण तिर्ने भनेपछि २०७६ मा ऋणको पुनसंरचना र पुनतालिकीकरण सम्झौता भएको थियो । २०७६ कात्तिक १ मा होटललाई पुनः सञ्चालन भएको प्रयास असफल हुन गयो ।

यस्तै होटलले सरकारलाई ३ अर्ब रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी छ । होटल अहिले बन्द छ । होटलका संरचना खण्डहर बन्न लागेका छन । 
 

बुधबार २५ साउन २०७९ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया