सोमबार, जेठ ३१ २०७८ ११:५२ AM

×

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश 

images

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको सैवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दिएको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन आएन, मन्त्रिपरिषदको सिफारिस बमोजिम जेठ ९ मा राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनिएको छ ।
 

इजलासले नागरिकता सम्बन्धी अध्यादेश प्रतिनिधिसभा विघटनको भोलिपल्ट जारी हुनुलाई संवैधानिक इजलासले असहज भनेको छ। त्यतिमात्र होइन शक्तिपृथकिकरणको सिद्धान्त अनुकूल नभएको पनि बताएको छ।

बिहीबार २७ जेठ २०७८ ०७:०५ PM मा प्रकाशित

प्रतिक्रिया