सोमबार, जेठ ३१ २०७८ ११:२१ AM

×

सरकारको प्रवक्तामा सञ्चारमन्त्री नैनकला थापा

images

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीबारै सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन्। प्रधानमन्त्री ओलीले आजै  ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । 

बिहीबार २७ जेठ २०७८ १०:५७ PM मा प्रकाशित

प्रतिक्रिया