×

श्रम डेस्क नबनाए जजिरा एयरवेज तिहारपछि भैरहवाबाट फिर्ता जाने

images

काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अविलम्ब श्रम डेस्क स्थापना नगरे कुवेती वायुसेवा जजिरा एयरवेज फिर्ता जाने ‘निष्कर्ष’ मा पुगेको छ।

images

जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने

काठमाडौं । जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिराल...

गौतबुद्धबाट उडान गर्न नेपाल सरकारले आवश्यक सहजीकरण नगरेको भन्दै जजिराले सुरुदेखि नै असन्तुष्टि पोख्दै आएको छ।विषेशगरी वैदेशिक रोजगारीमा जाने यात्रुलाई जजिराले श्रम स्वीकृति, मेडिकल जाँच, कतार भिसा सेन्टर, युएई भिसा प्रमाणीकरण लगायत कामका लागि सोही विमानस्थलमा ‘श्रम डेस्क’ तत्काल चाहिने बताउँदै आएको थियो। 

images

गौतमबुद्ध विमानस्थलबाट जजिराको दैनिक उडान, बीज एयरले कात्तिक १३ बाट 

काठमाडौं । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

‘गौतमबुद्ध विमानस्थलमा श्रम डेस्क नहुँदा वैदेशिक रोजगारीमा जाने यात्रुले काठमाडौंसम्म धाउनुपर्ने बाध्यता छ,’ जजिराको काठमाडौंस्थित कार्यालय स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘त्योसँगै विदेश जानेहरूको मेडिकल जाँच, श्रम स्वीकृतिबाहेक सबै प्रक्रिया पूरा गर्न काठमाडौं जानैपर्ने, नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने अवस्था छ।’ 

images

जजिराको जहाजमा चरा ठोक्किएको आशंका, प्राविधिक निरीक्षण हुँदै

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा साेमबार बिहान १ः...

कतिपय यात्रुलाई भैरहवाबाट काठमाडौंसम्म ल्याउने र फेरि भैरहवा फर्किनका लागि जजिराले नै खर्च गर्दै आएको छ। यसबाट पनि समस्या उत्पन्न भएको हो। 

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको व्यावसायिक उडान, विदेशी पर्यटकहरुलाई तराई जान सहज

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजने मध्य पूर्व एसिया पुरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ। जजीराले भैरहवास्थित नव निर्मित गौतम बुद्ध अन्त...

यही भदौ ३१ देखि भैरहवा–कुवेत सेक्टरमा दैनिक उडान गर्ने अनुमति पाएको  जजिराले श्रम डेस्क नबने तिहारपछि उडान नै नगर्ने ‘निष्कर्ष’ मा पुगेको स्रोतले जानकारी दियो।

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान सुरु, जजिराले गर्यो उडान

भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै पहिलो र नियमित उडान गर्दै आएको जजिराले वर्तमान सरकारी संयन्त्रकै भर पर्नुपरे तिहारपछि उडान गर्न सम्भव नभएको प्रतिवेदन आफ्नो मुख्यालय पठाइसकेको स्रोतको दाबी छ। 

images

बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सले कुवेत–भैरहवा सीधा जोड्दै

काठमाडाैं । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सीधा जोड्ने भएक...

उसले दसैं र तिहारका लागि यात्रु धेरै भएकाले दैनिक उडान गर्ने तयारी गरे पनि तिहारपछि भने उडान नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किने योजना बनाएको छ। 

images

गौतमबुद्ध विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने, कुवेतबाट सीधै भैरहवा जोडिने

प्राधिकरणले गौतमबुद्धबाट जेठ २ गते औपचारिक रुपमा अन्तर्राष्ट्रिय उडान थाल्ने निश्चित गरेको छ । सोही दिनबाट व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको छ ।

‘जजिरा मुख्यालयबाटै अहिलेकै अवस्था रहने हो भने तिहारपछि भैरहवा–कुवेत सेक्टरमा उडानै नगर्ने जानकारी आइसकेको छ,’ जजिराका एक उच्च अधिकारीले भने।

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक...

७४ वर्षपछि सञ्चालनमा आएको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्धमा गत जेठ २ बाट जजिराले नियमित उडान थालेको थियो। भैरहवा–कुवेत सेक्टरमा उडान गर्दै आएको जजिराले काठमाडौंमा श्रम स्वीकृति लिएर यात्रुलाई गाडीमार्फत भैरहवा लाने गरेको छ। 

images

कतार र जजिरा एयरले राति १२ बजेपछि उडान गर्न क्यानसँग माग्यो अनुमति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि उडानका लागि दुईवटा एयरलाइन्सले चासो देख

कुवेतबाट जजिराले बेलायत, अन्तर्राष्ट्रिय, दोहा, ओमानलगायत देशमा उडान गरिरहेकाले भैरहवाबाट सिधै बेलायतलगायत गन्तव्यका लागि टिकट काट्न सकिने जनाएको छ।

पूर्वश्रममन्त्री श्रेष्ठको बोली अलपत्र

पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले भैरहवामा तत्कालै श्रम कार्यालय स्थापना गर्ने घोषणा मात्र गरेनन्, मन्त्रालयको टिमसहित निरिक्षण पनि गरेका थिए। 

भैरहवाबाटै नयाँ र पुराना दुवै श्रम स्वीकृति दिन सकिने, म्यानपावर कम्पनीले लिने परीक्षा त्यहीँबाट लिने, मेडिकलसमेत एकै ठाउँबाट लिन र विदेश जानकै लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता अन्त्यका लागि कार्यालय सञ्चालन गर्ने योजना पनि सुनाएका थिए। तर, केही समयपछि नै उनलाई सरकारबाट फिर्ता बोलाएर शेरबहादुर कुँवरलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइयो।

उनी आएसँगै मन्त्रालय र विभागीय जिम्मेवारीसमेत हेरफेर भएको छ। जसका कारण पूर्वमन्त्री श्रेष्ठले थालेको अभियान समेत अलपत्र परेको छ। यसैबीच मन्त्रालयका प्रवक्ता एवं सहसचिव डण्डुराज घिमिरेले भने भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना भइसकेको र श्रम स्वीकृति अनलाइनबाटै लिने व्यवस्था मिलाइएको जानकारी दिए। 

अन्य समस्या समधानका लागि पनि मन्त्रालयले तयारी गरेको उनको भनाइ छ।  ‘केही समयपछि समस्या समधान हुनेछ,’ उनले भने, ‘कतार भिसा सेन्टरलाई पनि भैरहवाबाटै सेवा दिन र मेनपावर कम्पनीलाई पनि त्यहाँ जाने वातावरण मिलाउन लागिरहेका छौं।’

भैरहवामा छैन म्यानपावर

वैदेशिक रोजगारीमा जाने श्रमिक म्यानपावर कम्पनी खोज्न काठमाडौं नै धाउनुपर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार महिना बितिसक्दा समेत भैरहवामा एउटा पनि म्यानपावर कम्पनी सञ्चालनमा छैनन्।

त्यहाँ भएका ट्राभल एजेन्सीले पनि अन्य मुलुकका लागि टिकट काट्ने गरेका छैनन्। जसका कारण यात्रुले कामको खोजीमा आउने, मेडिकल जाँचलगायत सबै काम गर्न काठमाडौं नै धाउनुपर्ने र उड्नमात्र भैरहवा जानुपर्ने बाध्यता छ । यसबाट यात्रु दोहोरो खर्चको मारमा छन्।

गौतमबुद्धबाटै उडान गर्न बाध्यकारी बनाइँदै 

आवश्यक पूर्वधार तयार नभएको भन्दै जजिराले उडानै नगर्ने तयारी गरिरहेका बेला उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी उडान गर्ने वायुसेवालाई गौतबुद्धबाटै उडान गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ।

प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई पत्र पठाउँदै आगामी अक्टोबरपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनिवार्य उडान गर्न निर्देशन दिएको हो।

प्राधिकरणले आगामी अक्टोबर ३० बाट सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) मा भैरहवाबाट पनि अनिवार्य उडान राख्न पत्राचार गरेको हो। काठमाडौंबाट एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्। 

प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिएको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायत शुल्कमा एक वर्ष छुट दिइएको हो।


 

शुक्रबार​ २४ भदौ २०७९ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया