×

मंगलबार पनि घट्यो नेप्से, २ अर्ब ८१ करोडको कारोबार 

images

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ४५.४२ अंकले घटेर २ हजार ६०.७३ बिन्दुमा झरेको छ । 

आज २ हजार १ सय ९ बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २०६०.७३ विन्दुमा झरेर बन्द भएको छ । उच्च अंकले घटेको बजारमा करिब ३ अर्बको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार ११२ बिन्दु र न्यून २ हजार ६० बिन्दुमा झरेको थियो । 

आज बजार बन्द हुँदाको बिन्दु नै न्यून बिन्दु हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ । आज नेप्सेमा २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्सेमा २ अर्ब ७८ करोडको कारोबार भएको थियो ।

बजारमा बिक्रेता हावि हुँदा बजार घट्न गई कारोबार रकम बढ्न गएको विज्ञहरु भनाइ छ ।  आज नेप्सेमा २ सय २२ कम्पनीको ६६ लाख ६४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२२ कम्पनीमध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य १ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको छ । 

नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्क सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै गुँरास लघुवित्तको ६.३६ प्रतिशत र युनिलिभर नेपालको ३.३९ प्रतिशतले सेयरमूल्य बढेको छ । 

त्यस्तै, गणपति लघुवित्तको सर्वाधिक ७.२७ प्रतिशत र घलेम्दी  हाइड्रोपावरको ६.६८ प्रतिशतले सेयरमूल्य घटेको छ ।  आज नेप्सेमा नागरीक लगानी कोषको सर्वाधिक १५ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, शिवम सिमेन्टको १३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

मङ्गलबार २४ साउन २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया