×

धितोपत्र बोर्डले दियो श्रृजनशील लघुवित्तलाई प्राथमिक सेयर निष्कासनको अनुमति

images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्राथकिम सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले साउन १८ गते लघुवित्तलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । लघुवित्तले सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्कासन गर्नेछ ।

लघुवित्तको सेयर निष्कासन बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्कासन पश्चात लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

मङ्गलबार २४ साउन २०७९ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया