×

निजामति ऐन संशोधन : कर्मचारीको सेवा अवधि ६० वर्षसम्म बनाउने सरकारकाे तयारी  

images

काठमाडौं । सरकारले ६० वर्षसम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने तयारी गरेकाे छ । 

संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । विधेयकको मस्यौदा सहमतिका लागि अर्थमन्त्रालय पठाइएको छ ।

अहिले कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ । तर कोही कर्मचारी सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष पुरा गरेमा अनिवार्य अवकाश हुनेछन् । मुख्यसचिवको पदावधि २ वर्षको प्रस्ताव गरिएको छ ।

 

मङ्गलबार २४ साउन २०७९ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया