काठमाडौं । एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नका लागि विन्ड पावर नेपाल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सो समझदारी पत्रबमोजिम बैंकले विन्ड पावर नेपाल प्रालिबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरिद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।
हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखि १० गुणा बढी उत्पादन गर्न सक्छ ।
उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ । एनएमबी बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानीमार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रित भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ गर्ने अग्रणी बैंकको नामले चिनिन्छ ।
यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पु¥याउँदै आएको छ ।
बैंकले दिगो बैंकिङमा अग्रणी बैंकको रूपमा आफूलाई थप सुदृढ गर्दै आईएफसी कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।
एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरुमार्फतसेवा प्रदान गर्दै आइरहेको छ ।