सोमबार, जेठ ३१ २०७८ १२:४६ PM

×

भक्तपुर उद्योग वाणिज्य संघद्वारा नगरपालिकाहरूलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग 

images

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुरका दुई नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ । संघका अध्यक्ष प्रदीप श्रेष्ठले चाँगुनारायण र सूर्यविनायक नगरपालिकालाई २/२ थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेका हुन् । 

उक्त अक्सिजन कन्सन्ट्रेटर नगरपालिकाहरूले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा रहेका बिरामीहरूका लागि प्रयोग हुने बताइएको छ । संघले बिरामीलाई उपचारमा सहजता गराउन चाँगुनारायण नगरपालिकाका लागि  मेयर सोमप्रसाद मिश्र तथा सूर्यविनायक नगरपालिकाका लागि मेयर वासुदेव थापालाई उक्त कन्सन्ट्रेटर दिएको हो ।

संकटको समयमा भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको दुवै नगरपालिकाका मेयरले बताएका छन् । संघका अध्यक्ष श्रेष्ठले महामारीको समयमा नगरवासीको जीवन रक्षाको लागि नगरपालिकाहरूले खेलेको भूमिका तथा आइसोलेसन केन्द्रको समयमै प्रभावकारी सञ्चालन हुनु सकारात्मक पक्ष रहेको बताएका छन् । साथै संघले आगामी दिनमा पनि स्थानीय नगरपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ छ ।

भक्तपुर उद्योग वाणिज्य संघलाई उक्त अक्सिजन कन्सन्ट्रेटरहरू जोया फाउण्डेसन काठमाडौंको सौजन्यबाट प्राप्त भएको हो । 

बुधबार २६ जेठ २०७८ ०६:२८ PM मा प्रकाशित

प्रतिक्रिया