बुधबार, कात्तिक ३ २०७८ ०९:५७ AM

×

खोटाङमा ९ दिनदेखि टेलिकम सेवा अवरूद्ध

images

काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेल तथा वरपरका क्षेत्रमा विगत ९ दिनदेखि टेलिकम सेवा अवरूद्ध भएको छ । टेलिकम नेटवर्कको टावर घरी देखिने, घरी हराउने र देखिएको अवस्थामा पनि सम्पर्क स्थापित हुन नसकी कल फेल्डको नोटिफिकेसन देखिने गरेको स्थानीयहरूले बताएका छन् ।

नेपाल टेलिकमको नेटवर्क पूर्णरूपमा अवरूद्ध हुँदा एनसेलको नेटवर्कमा समेत कतै कतै समस्या देखिन थालेको खोटाङ दिकतेलका स्थानीय सञ्जयकुमार राईले बताए ।

नेपाल टेलिकमको स्थानीय ग्राहक सेवा कार्यलयमा आफुले गएर गुनासो गर्दा समेत सो सेवा सुचारू हुन नसकेको उनले बताए । "बिगत ९ दिनदेखि खोटाङ सदरमुकाम आसपास नेपाल टेलीकमले राम्रो काम गरिरहेको छैन, हिजोबाट पुरै बन्द भएको छ, २४ घन्टा बितिसक्दा पनि सेवा सुचारु नहुनु अति दु:खद् हो l

जिज्ञासा र प्रश्नको पोकाहरु बोकेर बिहान १० बजे टेलिकम पुगे, कार्यालयको हाकिम खगेन्द्र बलम्पाकीसंघ प्रश्न गरे, उनका अनुसार दिखुवा खोलामा ADSS Optical fiber मा समस्या आएको  बुझियो, खास नेपाल बिद्धुत प्राधिकरण खोटाङको बुस कटिङ अभियानअनुसार रुखको हाङ्गा काट्ने क्रममा तारमा प्रहार भई समस्या आएको हाे ।

यो बुझेपछि नेपाल प्राधिकरण कार्यालय खोटाङ पुगियो, प्राधिकरण हाकिम फिल्ड मै रहेको बुझियो, बिद्धुत पनि हिजोदेखि बन्द नै छ, खासमा समस्या बिद्धुतको पोलमा नै टेलीकमको पनि तार हुनु थप समस्या रहेछ, वास्तवमा नीतिगत रुपमा यो काम नेपाल टेलीकम खोटाङको हैसियतभन्दा माथि रहेको जानकारी प्राप्त भयो," राईले भने ।

यसबारे नेपाल टेलिकमका सहप्रवक्ता रन्जित लोहियासँग बुझ्दा उनले सेवा सुचारू भइसकेको जानकारी दिए । यद्यपि हालसम्म नेटवर्क समस्याका तिउ रहेको स्थानियको भनाइ छ । यस विषयमा बुझ्न खोज्दा खोटाङमा सम्पर्क हुन सकेन।

शुक्रबार​ २२ असोज २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया