बुधबार, कात्तिक ३ २०७८ ०९:४६ AM

×

कोभिडले ल्याएको आर्थिक मन्दीको खतरालाई सम्बोधन गर्न बाँकी छ

images

एजेन्सी । विश्व अर्थतन्त्र कोभिड–१९ को संकटबाट भर्खरै तंग्रिँदैछ । यति बेला विकसित अर्थतन्त्रको तुलनामा विकासशील अर्थतन्त्र भएका मुलुकहरूलाई मन्दी व्यवस्थापन गर्न ठूलो चुनौती आएको छ । 

कोभिडले अनिश्चितकालीन संकटले निम्त्याउने मन्दीको प्रकृति र त्यसलाई गतिलो ढंगबाट प्रतिक्रिया दिन हाम्रा निम्न आय भएका अर्थतन्त्रहरूको तयारी कति कमजोर थिए भन्ने कुरा देखाएको छ । यस्ता निम्न आय भएका अर्थतन्त्रहरूको कमजोर अवस्था र अनिश्चितकालीन संकट एकैपटक आइलाग्दा यी मुलुकहरूको आर्थिक स्थिरता र समृद्धिमाथि गम्भीर जोखिम पर्छ । 

विकासशील मुलुकहरू सधैं प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् । मौसम परिवर्तन हुँदा लगातार निम्तिरहने यस्ता प्रकोपहरू गम्भीर प्रकृतिका हुन्छन् । यस्ता गम्भीर प्रकोपले उत्पादनलाई घटाएर मूल्यवृद्धिमा सहयोग पुर्याउँछ मौद्रिक नीति निर्माणकर्ताहरूका लागि यो नै वास्तवमा सबैभन्दा जटिल अवस्था हो । 

नाइजेरिया तथा श्रीलंका जस्ता धेरै मुलुकहरूले अहिले हाल चरम खाद्य मूल्यवृद्धिको समस्या भोगिरहेका छन् । अझ मादागास्कारको खडेरीले त्यहाँ अनिकाल लाग्ने संकेत गरेको छ । अफ्रिकी विकासशील मुलुकको कमजोर अवस्थाको यो एउटा उदाहरण पनि हो । 

विकासशील अर्थतन्त्रहरू वित्तीय झट्काको सबैभन्दा धेरै जोखिममा हुन्छन् । ढिलोचाँडो विकसित अर्थतन्त्रमा मौद्रिक नीति सामान्य हुन्छन् र यदि विगतका अनुभवले केही कुरा सिकाउन सक्यो भने धेरै उदियमान बजार र गरिब मुलुकहरूले व्यापक पुँजी बहिर्गमनको सामना गर्नेछन् ।

गरिब अर्थतन्त्रको हकमा पुँजी पलायन अवस्था निकै दयनीय हुन्छ, विशेष गरी विकासका लागि आउने अनुदान पनि कटौती भएको अवस्थामा । यस्तो किसिमको अचानक आउने अप्ठ्याराले सरकारमा नीतिगत दुविधा पैदा गर्छ । यस्तो बेलामा विनिमय दर तल जान पनि सक्छ । 

यस्तो बेला नीति निर्माणकर्ताहरूले या त आफ्नो मुद्राको अवमूल्यनमा सम्झौता गर्नुपर्छ जसले मन्दीलाई अझ बल प्रदान गर्छ वा ब्याजदर बढाउन पर्नेछ जसले वृद्धि र ऋणको दिगो विकासमा नराम्रो असर पार्छ । 

गरिब मुलुकहरूका लागि यी दुवै प्रकारको मन्दीजनक झट्का एउटा अप्ठ्यारो परीक्षा हो । धेरै मुलुकलाई आफ्नो विश्वासनियतालाई सुनिश्चित गरी मन्दीको अपेक्षामा स्थिरता कायम गर्न आवश्यक पर्ने अनुभव र ट्रयाक रेकर्डको अभाव हुन्छ । यस्तै बेला हो धेरैभन्दा धेरै नकारात्मक प्रतिक्रियाका छिद्रहरू विकास हुने । 

‘वैदेशिक मुद्रा डोमिनेटेड डेब्ट’ उच्च भएका धेरै मुलुकमा विनिमय दरको अवमूल्यनले गम्भीर मौद्रिक बेमेनल निम्त्याउँछ । जसले ऋण संकट र मन्दी बढाउन सक्छ । मन्दी अपेक्षालाई राम्रोसँग व्यवस्थापन नगर्ने हो भने यसले अघिदेखि नै कमजोर रहेको विकासशील अर्थतन्त्रको वित्तीय प्रणालीमा थप नकारात्मक असर पार्न सक्छ । 

यसबाहेक विनिमय दरको गलत अवमूल्यनले त मन्दीलाई अझ लामो समयसम्म तन्काइरहन्छ । महँगो आयातित वस्तुलाई सस्तो घरेलु उत्पादित वस्तुले विस्थापन गरी ल्याइने खर्च स्वीचिङ नीतिले त अझ वृद्धि दरलाई मध्यम बनाइ गहिरो र ठूलो मन्दी निम्त्याउँछ । यसले घरधुरीको क्रयलाई कमजोर बनाइ गरिबी र सामाजिक अस्थिरतालाई बढावा दिन्छ । 

अब यी मन्दीका जोखिमलाई कस्तो प्रकारको नीतिगत प्रतिक्रिया दिने भन्ने कुरा तिनै विकासशील अर्थतन्त्रको हातको कुरा हो । एउटा राम्रो वित्तीय नीतिको फ्रेमवर्कले अपेक्षालाई स्थिर पार्दै फिस्कल डोमिनेन्सको जोखिमलाई उन्मूलन गर्छ । 

महामारीका बीचमा वित्तीय एकीकरण कहिल्यै पनि उचित हुँदैन, यस्तो बेला भ्रष्टाचारमाथि कडा नियन्त्रण र चुहावटको न्यूनीकरण उपयुक्त हुन्छ । जसले सार्वजनिक खर्चहरू सबै आफ्नो मुख्य लाभग्राहीमाझ पुग्ने र यसको प्रभाव बढ्ने सुनिश्चित गर्न सक्छ । 

विकासशील मुलुकको अर्थतन्त्रमा प्रतिवर्ष करिब १३ खर्ब डलरको भ्रष्टाचार हुने अनुमान छ जुन उपसाहारा अफ्रिकी मुलुकको कुलगर्हस्थ उत्पादनको तीन चौथाइ भाग हो । कोभिड–१९ को संकटपछि यी विकासशील मुलुकका सरकारहरूले सार्वजनिक कोषको दुरुपयोग गर्नेहरू विरुद्ध कदम उठाउनुपर्छ ।

तब एउटा वित्तीय स्पेसको सिर्जना हुन्छ जसले मन्दीको प्रभावलाई नरम बनाएर अर्थतन्त्रको पुनस्र्थापना र दिगो आर्थिक विकासका लागि आधार तयार गर्ने समय प्रदान गर्छ । 

तर, अन्तर्राष्ट्रिय समुदायहरूले पनि न्यून आय भएका मुलुकहरूको मन्दीका सम्भावित छिद्रहरू पत्ता लगाउन मद्दत गर्न सक्छन् । यस्तो अवस्थामा गरिब मुलुकहरूको म्याक्रो इकोनोमिक स्थिरता धेरै हदसम्म बाह्य सहयोगमा निर्भर हुन्छ । यसकारण अन्तर्राष्ट्रिय समुदायले चाँडोभन्दा चाँडो विकासशील अर्थतन्त्रको अन्तर्राष्ट्रिय सञ्चितीमा सहयोग गरी उनीहरूको मुद्रालाई सहयोग गर्ने र मन्दीको जोखिमलाई न्यूनीकरण गर्ने भूमिका खेल्न पर्छ ।

अहिलेका लागि सामान्यतः मन्दीको दबाब नियन्त्रणमै छ तर यी अर्थतन्त्रमा मन्दीको जोखिम विभिन्न अप्रत्यक्ष र सापेक्षित बाटाहरूबाट निम्तन सक्छ । उदाहरणका लागि अन्तर्राष्ट्रिय रिजर्भमा निरन्तर भइरहेको कमिले देशको मुद्रालाई अचानक अवमूल्यन गरिदिन सक्छ । यसले गर्दा अपेक्षालाई व्यवस्थापन गर्न विश्वासनियता गुमाएका मुलुकहरूले स्पाइरलिङ मुद्रास्फीतिको सामना गर्नुपर्ने हुन सक्छ । 

वृद्धि र रोजगार सम्भावना कमजोर भएका मुलुकहरूमा यसरी मन्दी बढ्दा ती विकासशील अर्थतन्त्रमा ट्युनिसिया, दक्षिण अफ्रिका, नाइजेरिया र सेनेगलमा देखिएको जस्तो सामाजिक राजनीतिक अस्थिरता उत्पन्न हुन सक्छ । 

तर, सौभाग्यवश अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै ६५० अर्ब डलरको स्पेसल ड्रयिङ राइट्स (एसडीआर) कोष विनियोजन गरेको छ जसले विकासशील अर्थतन्त्रलाई सहयोग पुर्याउनेछ । एसडीआरलाई विकासको अस्त्रको रुपमा हेरिए पनि यो वास्तवमा एउटा रिजर्भ एसेट हो जसको गैरमन्दी लाभमा ठूलो महत्व छ ।

धनी मुलुकबाट जति एसडीआर विकसिल मुलुकमा जान्छ त्यत्तिनै उनीहरूको अन्तर्राष्ट्रिय रिजर्भ बलियो बन्छ । यसले अर्बौं मानिसहरूलाई मन्दीको खतराबाट बचाउँछ । 

अहिले पनि धेरै मुलुकहरू त महामारीसँगै संघर्षमा छन् । कोरोना भाइरस परास्त भएको देखिए पनि मौद्रिक नीति निर्माणकर्ताहरूले भने अझै सम्भावित गम्भीर मन्दीको खतराहरूलाई सम्बोधन गर्न बाँकी छ । त्यसैले उनीहरूले आजबाटै तयारी थाल्न पर्ने देखिन्छ । 

(रबाह अरेकजी र जिन पाइरी लेण्डाउको सहलेखमा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको अनुवादित अंश)

शुक्रबार​ २२ असोज २०७८ ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया