मङ्गलबार, असोज १२ २०७८ ०४:५७ PM

×

केही वर्षभित्रै सेयर बजारमा हाइड्रोपावरको वर्चस्व हुने छ

images

जलविद्युत कम्पनीहरूको सेयर मूल्य बढ्नु लगानीकर्ताहरूका लागि सकारात्मक कुरा हो । पब्लिकले जलविद्युतमा विश्वास गर्यो भनेर बुझ्नुपर्छ । सेयरको भाउ बढ्यो भनेर हामी आत्तिनी, कसले कहाँ खुरापाति गरेको छ भनेर खोज्दै हिँड्नु हुँदैन । राम्रो गर्न हौसला दिनुपर्छ भन्ने मेरो धारणा हो । 

सेयर मूल्य बढ्दा सबैभन्दा लाभान्वित दूरदराज साना लगानीकर्ता भएका छन् । जो आयोजनाहरूबाट प्रभावित लगानीकर्ताहरू हुन् । जसको नाममा १ सय रुपैयाँको सेयर बिक्री भएको थियो । आज उनीहरूको लगानी तीन/चार गुणाले बढेको छ । तिनीहरू बजारमा चलखेल गर्ने लगानीकर्ता होइनन् । तर, बजारमा आएको उतारचढावले गर्दा दूरदराजका साना लगानीकर्ता बढी लाभान्वित भएका छन् ।

साच्चिकै हाइड्रोपावरको सेयर मूल्यबाट लाभान्वित हुने वर्गमा तिनीहरू परेको हामीले बुझ्नुपर्छ । तिनीहरूलाई कहिले पनि उपेक्षा गर्न मिल्दैन । भाउ घट्दा तिनीहरू गरिब हुने हो । त्यसकारण भाउ बढ्दा साना लगानीकर्ता लाभान्वित भए भनेर बुझ्नुपर्छ । 

हाइड्रोपावरमा सेयरको भाउ बढ्दा दिगो रहोस् भनेर हामी सचेत रहनुपर्छ । अहिले बेलुन जस्तो हावा भरिएर मात्रै बढेको हो र सानो प्वाल पर्ने बित्तिकै सबै सकिने हो भने दिगो हुँदैन । सेयर मूल्य वृद्धि दिगो हुन हाइड्रोपावर कम्पनीहरूको बटमलाइन नाफा राम्रो हुनुपर्छ ।

त्यो गर्न कम्पनीहरूले आफ्नो हिसाब किताब, आयोजनाहरू चुस्त राख्नु आवश्यक छ । दिगो हुन लगानीकर्ताको विश्वास पनि जित्नुपर्छ । सेयरको भाउ बढ्ने बित्तिकै कहाँनेरी खुरापाति गर्यो ? कहाँ बिगारे ? भनेर प्रश्न आउनु हामीमाथि अझै पनि विश्वास छैन भन्ने हो ।

त्यसैले त्यो विश्वास जित्न के गर्नुपर्छ भन्ने कुरा हाइड्रोपावर कम्पनीका साथीहरूले बुझ्नुपर्छ । त्यो भनेको हाम्रा आयोजनाहरू ठीक राख्ने, हकप्रद वा थप बोनस दिएको पैसा प्रयोजन ठीक छ कि छैन भनेर आफूले आफैंलाई चेक गर्ने, पैसाको सही सदुपयोग गर्नेलगायत कुराहरू गर्नुपर्छ । यदि त्यसो गर्न सकेनौं भने हाम्रो विश्नसनियता घट्छ र लगानी दिगो हुँदैन ।   

त्यसैले त्यो विश्वास जित्न के गर्नुपर्छ भन्ने कुरा हाइड्रोपावर कम्पनीका साथीहरूले बुझ्नुपर्छ । त्यो भनेको हाम्रा आयोजनाहरू ठीक राख्ने, हकप्रद वा थप बोनस दिएको पैसा प्रयोजन ठीक छ कि छैन भनेर आफूले आफैंलाई चेक गर्ने, पैसाको सही सदुपयोग गर्नेलगायत कुराहरू गर्नुपर्छ । यदि त्यसो गर्न सकेनौं भने हाम्रो विश्नसनियता घट्छ र लगानी दिगो हुँदैन ।   

नेसनल हाइड्रोपावर कम्पनीले कुनै एउटा स्किम ल्याएर हामीले सेयरको भाउ बढाएका होइन । यथार्थमा हाम्रो कम्पनीमा नाफामा छ, हाम्रो कम्पनीमा यति रकम राइट ब्याक हुन्छ, हकप्रद सेयर निष्कासन गर्छौं भनेर सेयरको भाउ बढाएका होइनौं । हाम्रो कम्पनीको १ करोडबाट ३० लाख कित्ता सेयर किनबेच हुन्छ । यसमा कसैले २/४ लाख कित्ता एक ठाउँमा राखेर अनि अरू आपूर्ति गरेर माग बढाएर भाउ बढाएको होइन ।

त्यसैले मलाई लाग्छ हाम्रो कम्पनीको सेयर ‘फेयर मार्केट भ्यालुमा’ छ । कसैले बढाउने घटाउने गर्नै सक्दैन । किन भने यति ठूलो मात्रामा सेयर कारोबार भइरहेको छ कि कसैले यसलाई म को–अण्डरिङ गर्छु, आपूर्ति घटाएर माग बढाएर सेयरको भाउ बढाउँछु भन्न सक्दैन । त्यसैले हाम्रो जस्तो वा अझ राम्रा कम्पनीहरू जो कर्पोरेट लेभलमा गएका छन् तिनीहरूको सेयर भाउ बढ्नु जायज हो । 

कुनै कम्पनीहरूको अनिश्चित छ । किनभने बत्ती उत्पादन भएको छैन र कहिले उत्पादन हुन्छ पनि थाहा छैन । तर, सेयरको भाउ बढेको छ । त्यसमा हामीले प्रश्न गर्नुपर्छ । त्यो जाहेज थियो कि थिएन भनेर, उनीहरूले थप लगानी गरेका छन् कि त्यो पनि हेर्नुपर्छ । तर, सबैलाई एउटै रूपमा लिन मिल्दैन ।

बत्ती नै नबल्ने वा १०औं वर्ष ढिलो भएका, घाटामा गएका कम्पनीहरूको सेयर बढ्दा किन बढ्यो ? भनेर सोच्नुपर्छ । बजारमा विश्वास बढेकाले हाइड्रोपावरमा मान्छेले भविष्य देखेर गएको पनि भन्न सक्नुपर्छ । फण्डामेन्टका आधारमा सबैको भाउ बढ्नु हुन्थ्यो कि हुँदैन थियो भन्ने छुट्टै कुरा हो । खुलाबजारमा हामी गइसकेपछि कसैले चाह्यो भने किन्छ, त्यसमा हामीले रोक्ने अधिकार रहँदैन । 

हाइड्रोपावर क्षेत्र जोखिमयुक्त

हाइड्रोपावर क्षेत्र जोखिम युक्त नै हो । त्यसैले यो क्षेत्रमा हामीले अन्तभन्दा बढी प्रतिफल आशा गर्छौं । जोखिम अनुसारको प्रतिफल अर्थात् जोखिम र प्रतिफल बराबरी हुनुपर्छ भन्ने बिजनेसको एउटा सामान्य नियम हो । हामी जति ठूलो रकम जोखिममा लगानी गर्छाैं त्यति नै प्रतिफल पनि खोज्छौं । बैंकमा पैसा राख्दा सबैभन्दा कम जोखिम हुन्छ । त्यसैले बैंकमा सबैभन्दा कम आम्दानी हुन्छ भन्छौं ।

त्यहाँ त कुनै जोखिम हुँदैन । तर, कुनै जलविद्युतमा बाढी, पहिरो, सामाजिक समस्या, समयका कुराहरूलगायत सबै जोखिम मोलेर सेयर हालेपछि बढी प्रतिफल खोज्नु स्वाभाविक हो र सबैले खोजिन्छ पनि । त्यसैले हाइड्रोपावर जोखिमको बिजनेस हो भन्ने कुरामा दुईमत छैन । हाइड्रोपावरले बढी नाफा गर्या भन्ने सोच्न छोड्नुपर्छ ।

किनभने यसमा जोखिम बढी छ, जोखिम भएको ठाउँमा प्रतिफल बढि हुनुपर्यो । नभए त सबैले मुद्दती निक्षेपमा लगेर पैसा राखे भैगयो । बढी नै आउँछ होला । त्यसैले १७/१८ प्रतिशत प्रतिफल लिनका लागि त्यहीअनुसारको जोखिम पनि छ भनेर बुझ्नुपर्छ ।  

आयोगले नियमन गर्ने हो । उसले बजार नियन्त्रण गर्ने होइन । नियमन आयोगले बजार वा नाफा नियन्त्रण गर्छौं भन्ने होइन । उसले सबैका लागि फिक्स एउटा नियम बनाउनुपर्छ । नियमअनुसार चल्न पाउनुपर्छ । किनभने हामीले लगानी गरेका छौं । हाम्रो सम्पत्ति हो । लगानीकर्ताले लगानी गरेको छ भने सबैले त्यो सम्पत्ति उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । कसैले बढी नाफा कमायो भनेर संकुचन मान्न मिल्दैन । 

आयोगले नियमन गर्ने हो । उसले बजार नियन्त्रण गर्ने होइन । नियमन आयोगले बजार वा नाफा नियन्त्रण गर्छौं भन्ने होइन । उसले सबैका लागि फिक्स एउटा नियम बनाउनुपर्छ । नियमअनुसार चल्न पाउनुपर्छ । किनभने हामीले लगानी गरेका छौं । हाम्रो सम्पत्ति हो । लगानीकर्ताले लगानी गरेको छ भने सबैले त्यो सम्पत्ति उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । कसैले बढी नाफा कमायो भनेर संकुचन मान्न मिल्दैन । 

आयोगले जुन सूचना निकाल्यो त्यो ठिकै थियो । मेरो विचारमा सर्वसाधारणलाई उस्ले यी–यी जोखिमहरू छन्, जस्तैः प्रसारणलाइन पुगेको छ कि छैन ? आयोजना समयमा सम्पन्न हुन्छ कि हुँदैन ? आयोजनाको लागत र आम्दानी कति छ ? त्यो हेरर मात्रै लगानी गर भनेको हो । मलाई लाग्छ त्यो जायज कुरा हो ।

हाइड्रोपावर एक हिसाबले नयाँ छ । तर, लगानीकर्ता झुम्मिएका छन्, नबुझेका होलान् भनेर उसले एउटा सूचना जारी गर्यो, त्यो ठीक छ । ऐन कानुन, नियमहरू छन्, ३ वर्षमा ‘लकइन पिरियड’ टुङ्गिनेछ । लगानीकर्ताले १० वर्ष पहिलाबाट मेरो ३ वर्षमा लकइन परियड टुङ्गिन्छ भनेर लगानी गरेका छन् तर अहिले आएर लकइन पिरियड २० वर्ष भयो, अर्को कम्पनीमा लगानी गर्न नपाउने वा यो आयोजनाको सेयर निष्कासन गरेर ऋण पनि दिन्न भन्नु त भएन नि ।

किनभने हामीले त्यो सबै पाउँछौं भनेर लगानी गरेका छौं । हाइड्रोपावरको सेयरको ३/४ वटा निकायले अनुगमन गरिरहेको अवस्था छ । नेपाल धितोपत्र बोड, विद्युत नियमन आयोग र नेपाल स्टक एक्सचेन्जबाट नियमन भइरहेको हुन्छ । 

हाइड्रोपावर अरू बिजनेस जस्तो होइन । जस्तै बैंकको कुरा गर्दा लाइसेन्स र सेयर भएपछि अनन्तकालका लागि पाउने हो । हाइड्रोपावर त निश्चित समय ३० वर्षका लागि पाइन्छ । त्यसैले हामीले चाँडै नाफा निकालेर निस्किनुपर्छ । यदि हामीले पनि १०० वर्षलाई पाउने हो भने विस्तारै नाफा निकालेर निस्किन्थ्यौं । तर, हाम्रो समय कम हुने भएकाले अन्तभन्दा बढी नाफा चाहिन्छ । नत्र कसले लगानी गर्छ यो क्षेत्रमा ? 

अबको ३/४ वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०० वटा कम्पनीहरु थपिन्छन होला । त्यसकारण अर्को २/३ वर्षमा सेयर कारोबारको सबैभन्दा महत्वपूर्ण निकाय नै हाइड्रोपावर हुन्छ । यो क्षेत्र माथि उठ्न सकेन भने सेयर बजार कहिले पनि फस्टाउँदैन ।

बैंकहरूलाई राष्ट्र बैंकले संकुचनमा जाउ, २/३ वटा बैंक मिलेर एउटा बनाउ भनेको छ । नियामकले हाइड्रोपावरलाई त त्यसो भनेको छैन । सरकारले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइरहेको छ  । उत्पादन १५ हजार मेगावाट पुर्याउने भनेर गइरहेका छौं । हामी त प्रत्येक दिन लाइसेन्स दिएर गएका छौं अहिलेको कानुनअनुसार सबै आयोजना सेयर बजारमा आउनुपर्ने स्थिति छ ।

त्यसकारण अर्को २/३ वर्षभित्र हाइड्रोपावर ‘डमिनेट’ स्टक मार्केट हुने छ । अरूभन्दा यो ठूलो एकाइ हुन्छ । तर, एकाइ ठूलो हुँदा यसलाई संरक्षण नगर्ने, यसको सेयरमा नियमहरू छिनछिनमा परिवर्तन गर्दिराख्ने स्थिति आयो भने  सेयर बजार ‘कोल्याप्स’ हुन्छ । नियमन आयोग, सेबन, राष्ट्र बैंकले यो बुझ्नुपर्छ । 

त्यसकारण अर्को २/३ वर्षभित्र हाइड्रोपावर ‘डमिनेट’स्टक मार्केट हुने छ । अरूभन्दा यो ठूलो एकाइ हुन्छ । तर, एकाइ ठूलो हुँदा यसलाई संरक्षण नगर्ने, यसको सेयरमा नियमहरू छिनछिनमा परिवर्तन गर्दिराख्ने स्थिति आयो भने  सेयर बजार ‘कोल्याप्स’ हुन्छ । नियमन आयोग, सेबन, राष्ट्र बैंकले यो बुझ्नुपर्छ । 

सेयर दिँदा के–के मापदण्ड बनाउने हो त्यो बनाउ तर, सेयर दिइसकेपछि यसलाई ‘फ्रि मार्केटमा’ छोडिदेऊ । किन भने सेयर किन्ने र बेच्नेहरूले भाउ निर्धाण गर्छन्, बीचमा भाउ घटबढ हुन्छ । विकृतिहरू छन् भने हटाउनुपर्छ । तर, बजार गइसकेपछि छिनछिनमा आएर अब यो गर्न दिन्छु, त्यो गर्न दिन्न भन्दै नियम नबनाइ बोल्दिदै हिँड्ने, त्यो स्थितिले चै समस्या हुन्छ । 

बजार स्थिर रहने/नरहने २/३ वटा कुराले हो । नयाँ आयोजनामा कसले लगानी गरेको छभन्दा जसले पहिला लगानी गरिहेका छन् उसैले दोस्रो, तेस्रो, चौथो आयोजनासम्म बनाउँदै छ । ती आयोजनाहरू पहिला बिग्रिए होलान तर, त्यसबाट सिकेर जसले अरू आयोजनामा लगानी गर्छन् ती स्थिर हुन्छन् ।

त्यस्तै जुन आयोजनाहरू पहिलादेखि नै विभिन्न कारणले स्थिर छैनन् भने फेरि पनि ती आयोजना स्थिर नहुन सक्छन् । जस्तो व्यापारमा पनि कुनै कुरा त बिग्रिन्छन् । स्थिर हुने नहुने कुरा व्यक्तिगत नै हो । तर, जसले एउटाबाट अर्कोमा गएर लगानी गरिरहेका छन् तिनीहरू चै स्थिर हुन्छन् ।  

बुधबार २३ भदौ २०७८ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया