×

सोमबार १७.६८ अंकले घट्यो नेप्से, २ अर्ब ८५ करोडको कारोबार 

images

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १७.६८ अंकले घटेर २ हजार १०६.१५ बिन्दुमा झरेको छ । 

आज २ हजार १२८ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर २१०६.१५ बिन्दुमा झरेर बन्द भएको छ । सामान्य अंकले घटेको बजारमा करिब ३ अर्ब बढीको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार १४० बिन्दु र न्यून २ हजार १०२ बिन्दुमा झरेको थियो । 

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ । आज नेप्सेमा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा २ अर्ब ५५ करोडको कारोबार भएको थियो । बजारमा बिक्रेता हावी हुँदा बजार घट्न गई कारोबार रकम बढ्न गएको विज्ञहरु बताउँछन् । 

आज नेप्सेमा २ सय १४ कम्पनीको ६५ लाख २७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१४ कम्पनीमध्ये ५० कम्पनीको सेयरमूल्य बढेको छ भने १२३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । 

अन्य ९ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको छ ।  नेप्सेमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तैगरी युनिलिभर नेपालको सेयरमूल्य ५.५९ प्रतिशतले बढेको छ । 

त्यस्तै, जानकी फाइनान्सको सर्वाधिक ४.३१ प्रतिशत, सिनर्जी हाइड्रोपावरको ३.५५ प्रतिशत र एसिएन लाइफ इन्स्योरेन्सको ३.४२ प्रतिशतले सेयरमूल्य घटेको छ । 

आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

सोमबार २३ साउन २०७९ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया