×

प्रभु क्यापिटलद्वारा जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक 

images

काठमाडौं । प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । प्रभु क्यापिटले बाल दिवसको अवसर पारेर ल्याएको ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना अन्तर्गत भिडियो सार्वजनिक गरेको हो । 

भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिँदै गएको जानकारी दिएको छ। यस भिडियोमा व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको प्रभु क्यापिटलले जनाएको छ। भिडियोमार्फत छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने सन्देश दिन खोजिएको छ । 

प्रभु क्यापिटलका अनुसार ‘प्रभु लिटिल च्याम्प पिएमएस’ भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि सुरु गरिएको हो । जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएसबापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । 

प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बालदिवसको अवसरमा योजना सार्वजनिक गरेको हो । 

 

सोमबार २३ साउन २०७९ ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया