काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्न लागेको छ । कम्पनीले असार ३ गतेबाट संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम प्रस्ताव गर्नुपर्ने कम्पनीले जनाएको छ । लिलामी भर्ने अन्तिम म्याद असार १० गतेसम्म तोकिएको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
सेयर खरिदका लागि काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
बैंक अफ काठमान्डूको विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योति विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।