सोमबार, जेठ ३१ २०७८ १२:४१ PM

×
images

राजधानीको ओमवहालमा कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन ज्येष्ठ नागरिकको भीड (फोटोफिचर)

काठमाडौं । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आजदेखि लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराए ।

नेपालमा ६० देखि ६४ वर्षका साढे ८ लाख जनसङ्ख्या छ । डा. गौतमले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौं बाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । यसै क्रममा राजधानीको ओमवहालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि आउने मानिसहरुको भिड लागेको छ ।No description available.

मङ्गलबार २५ जेठ २०७८ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया