सोमबार, जेठ ३१ २०७८ ११:५४ AM

×

बहुप्रतिक्षित होण्डा सीवी ३५० डीएलएक्स अब नेपालमा,मूल्य ७ लाख ५० हजार, यस्तो छ विशेषता

images

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सीवी ३५० डीएलएक्स मोटरसाइकल नेपालमा ल्याएको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।

नेपालमा होण्डाको सीवी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीवी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा विश्वस्त रहेकाे बताइएकाे छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस सीवी ३५० डीएलएक्सको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिन्छ ।

 

मङ्गलबार २५ जेठ २०७८ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया