सोमबार, जेठ ३१ २०७८ ११:२५ AM

×

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

images

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले बहुमत सदस्यहरुको विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै कांग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

मुख्यमन्त्रीलाई माओवादी केन्द्र र नेकपा एमालेका माधव नेपाल समूहले समर्थन गरेका थिए । नेपाली कांग्रेसले भने विश्वासको मत नपुग्ने अवस्थामा मात्र मत दिने निर्णय गरेको कारण मतदान प्रक्रियामा सहभागिता जनाएको थिएन ।

दुई पार्टीकै बहुमत पुग्ने भएपछि मतदानमा सहभागी नभएको कांग्रेस नेता गोविन्दराज बोहराले जानकारी दिए ।

 

मङ्गलबार २५ जेठ २०७८ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया