×
images

अद्भूतपूर्ण कलाको प्रदर्शन, जहाँ ३३ जना आर्टिष्टले देखाए प्रतिभा

काठमाडौं । कुनै समय आफ्नो शौख पूरा गर्न आर्टिष्टहरु आर्ट गर्थे । आर्ट उनीहरुको शौख हो । तर, अहिले परिस्थिति फेरिएको छ । आर्टिष्टहरु व्यावसायिक रुपमा अघि बढिरहेका छन् । उनीहरुले बनाएका आर्टहरु विश्व बजारमा प्रशस्त पाइन्छन् भने नेपाली बजारमा पनि स्वदेशी आर्टिष्टले बनाएका आर्टहरु बिक्रीको संख्या उल्लेखीय छ । 

पछिल्लो समय नेपाली युवाहरुले बनाएको आर्टलाई विश्व बजारमा पुर्याउन तथा त्यसलाई व्यावसायिक रुपमा अघि बढाउनका लागि कर्पोरेट हाउसले ठूलै साथ दिएका छन् । 

आर्टिष्टहरुले अथक मिहिनेत गरेर बनाएका कलालाई किनेर म्युजियम नै बनाएका छन् । काठमाडौंको ठमेलस्थित काठमाडौं गेष्ट हाउसले नेपाली आर्टिष्टले बनाएका कला किनेर म्युजियम नै बनाएको छ, जहाँ हरेक विदेशी नेपाली कलाको अवलोकन तथा खरिद गर्न सक्छन् ।

बिहीबार होटलकै आयोजनामा ३३ जना आर्टिष्टहरुले अद्भूतपूर्ण कला प्रदर्शन गरे । जहाँ नेपालका लागि अष्ट्रेलियाली राजदूतदेखि नेपालका व्यावसायिक घरानामा प्रमुखले अवलोकन मात्रै गरेनन्, मन परेका आर्ट पनि खरिद गरे । 

त्यहाँ बिक्री भएका आर्टबाट आएको आम्दानीको ५० प्रतिशत रकम क्यान्सर अस्पताललाई जाने, ३५ प्रतिशत आर्टिष्टले पाएका छन् । बिहीबार मात्रै झण्डै एक दर्जन आर्ट बिक्री भएको छ । आर्टिष्टका अनुसार एउट आर्टको मूल्य १ लाख २० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्छ । 

बिहीबार २१ असोज २०७८ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया