काठमाडौं । क्यानाडाका मिसन उपप्रमुख अमान्डा स्ट्रोहानले महिला र किशोरी राष्ट्रका संबाहक भएको बताएकी छिन् । डब्लुपीडी नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख स्ट्रोहान महिला किशोरी राष्ट्रको संवाहक भएले उनीहरुलाई हरेक क्षेत्रबाट माथि उठाउनु पर्ने बताएकी हुन् ।
रिन्यू परियोजना कार्यक्रममा बोल्दै स्ट्रोहानले कोविडको महामारीपछि पनि नेपाल आउन पाउँदा निकै नै खुशी लागेको बताइन् । उनले कोविडको महामारीले यति ठूलो रुप लिनेछ भन्ने नै नसोचेको बताइन् । उनले यस्तो अवस्थामा पनि महिलाहरुले साझेदारी परियोजनामा आबद्ध भई चूनौतिपूर्ण रुपमा काम गर्न सफल भएकोमा खुशी व्यक्त गरिन् ।
उनले क्यानाडा मार्फत नेपालको दुई वटा जिल्ला कार्यक्रम सञ्चालन भइरहेको साझेदारी परियोजना क्यानाडामा पनि यसको निकै महत्वपूर्ण रहेको बताइन् । सामाजिक परिवर्तन, लैङिगक समनता, मौद्धिक समता, शान्ति र सुरक्षा लगायतका विषयलाई समेट्ने परियोजनाले निकै नै महत्व राख्ने बताइन् ।
त्यसैगरी, कार्यक्रममा बोल्दै शिवपुरी गाउँपालिकाका प्रमुख गोविन्द थपलियाले डब्लुपीडी नेपालले आफ्नो क्षेत्रमा काम गरेकोमा दातृ संस्थालाई धन्यवाद दिए । आगामी दिनहरुमा यस्ता उपयोगी कार्यक्रमलाई दिर्घकालीन रुपमा अघि बढाउन स्थानीय सरकारसँग पनि सहकार्य गर्न उनले अनुरोध गरे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै मकवानपुर मनोहरी गाउँपालिकाका उपप्रमुख सीता पुलामी मगरले क्यानाडा दातृ संस्थाले सहयोग गरेको कार्यक्रममा सहभागी भएको बताउदै यो परियोजनाले महिलाहरुलाई आत्मनिर्भर बनाएको बताए । डब्लुपीडीको सहयोगमा सञ्चालन भएको कार्यक्रमले आफ्ना क्षेत्रका महिलाहरुले नयाँ जीवन प्राप्त गरेको र आफ्ना हकअधिकार पहिचान गरी अन्याय विरद्ध लड्न सक्ने हैसियत बनाएको बताए ।
त्यस्तै, शान्ति र लोकतन्त्र नेपालका लागि महिला (डब्लुपीडी नेपाल) का अध्यक्ष शोभा श्रेष्ठले नेपालका रहेका अति सिमान्तकृत महिला जसभित्र दलित महिलाहरुलाई समेटेर महिला सशक्तिकरण तथा आर्थिक विकास, जातजातिमा हुने भेदभाव, अन्यायको अन्त्य र शान्ति र सद्भाव स्थापना गर्न महिला सशक्तिकरण र सीमान्तकृतहरूको अभियान चलाउदै आएको बताए ।
कार्यक्रममा विशेष अतिथि स्थानीय पहल प्रबन्धकका लागि क्यानाडा कोषका प्रथम सचिव स्टेफनी बर्गरोन, त्यसैगरी क्यानडाका अवैतनिक वाणिज्यदूत बुद्ध बस्न्यात, क्यानाडाका प्रतिनिधि इयान फ्रेजर हिर्चफिल्ड, इन्सेकका प्रतिनिधि, कृष्णप्रसाद नेपाल, सहकारी शिक्षाका प्रतिनिधि विष्णुकुमार श्रेष्ठ र सुधीर कुमार अर्याल, त्यसैगरी जलवायू परिवर्तनका विज्ञ सुदेश सुवेदी, आइटी विज्ञ हेमपाल श्रेष्ठ, मानव अधिकार तथा ग्रामीण भेगका सहभागी महिलाहरुले रिन्यू परियोजनाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।